पोखरा, ५ चैत। पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ।
होर्डिङ बोर्ड राख्न महानगरले पोखरा उद्योग वाणिज्य संघले गरेको सम्झौता अवधि सकिएको भन्दै मंगलबारदेखि होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो। कर तिर्छु भन्दाभन्दै पनि जबर्जस्ती सो कार्य भएकोमा कतिपयले भने विरोध जनाएका छन्।
पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले होर्डिङ बोर्डलाई समयक्रम अनुसार डिजिटलाइज गर्ने उद्देश्यका साथ पुराना हटाउन थालिएको जनाए।
होर्डिङ बोर्ड हटाउन यसअघि ३ पटकसम्म सार्वजनिक सूचना प्रकाशित गरेकोमा अटेरपछि महानगर आफैले होर्डिङ बोर्ड हटाउन थालेको उनले बताए।
महानगरले पृथ्वीचोकस्थित चाइनापुल, रंगशाला अगाडि रहेका होर्डिङ बोर्ड हटाएर सो कार्यको थालनी गरेको हो।
महानगरले बिनातयारी बजार क्षेत्रको होर्डिङ बोर्ड हटाउन थालेको पृथ्वीचोकका व्यवसायी सुदर्शन रञ्जितले गुनासो गरेका छन्। उनले लिखतपत्र आधारमा एक दुई दिनमै होर्डिङ बोर्ड आफैले हटाउने बताएपछि नगरप्रहरी टोली चाइनापुलतर्फ लागेको थियो।
यता, परिचय एडभरटाइजिङ कम्पनीका संचालक सोभित बस्यालले महानगरले कुनै नीति नियमबिनै आफूहरुलाई विकल्प नदिईकन एकाएक होर्डिङ बोर्ड हटाएको बताएका छन्।
यसअघि पनि आफूहरुले बोर्ड परिमार्जित गरेर कसरी जाँदा हुन्छ भनी आग्रह गर्दा पनि कुनै पनि सुनुवाइ नगरी कर लिन नमानेको र आज एकाएक बोर्ड हटाइनु दुःखद भएको गुनासो गरे। लामो समयदेखि यसै व्यवसायमा आबद्ध बस्याल भन्छन्, ‘महानगरले आफूहरुले सहकार्य गरेन, कर तिर्छुभन्दा पनि कर नलिएको र कुनै दायित्व बहन गर्न चाहेन। आफूहरुको लागि विकल्प दिइनुपर्छ। ’
बिना टेण्डर भएका सबै योजना खारेज गरी पुनः टेण्डरबाट जानुपर्ने परिचय एड्भरटाइजिङ कम्पनीको माग छ।
महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार महानगरले दिएको साइज आधारमा व्यवसायीहरुले बोर्डहरु राख्न पाउने अन्यथा शुल्क लाग्नेछ।
महानगरमा दर्ता आधारमा व्यवसायी तथा कम्पनीले ३ वाई १० फिट साइजमा निःशुल्क बोर्ड राख्न पाउने जनाएको छ। यसबाहेक प्रतिवर्ग फिट १ सय रुपैयाँ दरले शुल्क तिर्नुपर्ने हुन्छ।
महानगरबाट होर्डिङ बोर्डको ठेक्का लिएको पोखरा उद्योग वाणिज्य संघले आकृति कम्पनीलाई पुनः ठेक्का दिएको थियो। पोखरामा परिचय एड्भरटाइजिङ, सैनिक आर्टस्, आकृति, डिजिटल मिडिया लगायत कम्पनीहरुले होर्डिङ बोर्ड राख्ने गरेका छन्।
Related News
सम्बन्धित समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७