वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
berethati mela photo_Fotor

वीरेठाँटीमा भएको फागुपूर्णिमा मेलालाई  सम्बोधन गर्दै समाजसेवी कप्तान कुलबहादुर गुरुङ। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, ५ चैत। अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ।  मंगलबारदेखि शुरु मेला चैत ९ सम्म स्थानीय वीरेठाँटी माविको प्राङगणमा चल्नेछ।

मेला उद्घाटन गर्दै प्रमुख अतिथि बयोवृद्घ समाजसेवी कप्तान कुलबहादुर गुरुङले समाज बनाउने दायित्व सबैको भएको भनाइ राख्दै संस्कार र संस्कृतिलाई कसैले पनि भुल्न नहने बताए। उनले आफू बाँचुञ्जेल आफ्नो क्षेत्रको विकासमा लागि पर्ने पनि जनाए।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लबका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्वकालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तर ाष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिँदै आएको स्पष्ट पारे। उनले वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको अवधारण आएकोतर्फ संकेत गर्दै त्यसले त्यहाँको पर्यटन प्रबद्र्घनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

वडाध्यक्ष विजय गुरुङले मेला महोत्सवलाई प्रबद्र्घन गर्ने सोचमा वडा कार्यालय रहेको जनाउँदै गाउँपालिकाले मेलालाई सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति दाङसिङका अध्यक्ष तिलबहादुर गुरुङले मोहरियामा हुने तीजमेला, उल्लेरीमा हुने पूर्णिमा मेला तथा वीरेठाँटीमा हुने फागुपूर्णिमा मेला दाङसिङका पहिचान भएको भन्दै स्थानीय मेला महोत्सवको संरक्षण गर्नुपर्ने बताए।

वीरेठाँटी मावि प्रधानाध्यापक प्रेमबहादुर थापाले मेलालाई सफल बनाउने दायित्व सबै दाङसिङवासीको भएको उल्लेख गरे। त्यस अवसरमा कलाकार सुरेन्द्र गुरुङ, तुलसा क्षेत्री तथा स्थानीय सलिना गुरुङ लगायतले प्रस्तुति राखेका थिए।

मेला आकर्षणमा अन्तरगाउँपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, रस्साकस्सी, छेलो प्रतियोगिता, हिमाली सांस्कृतिक परिवारको प्रस्तुति लगायत रहेको क्लब सल्लाहकार देवेन्द्रकुमार शेरचनले जनाएका छन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मेला गरिएको हो। जसबाट पर्यटन प्रबद्र्घन हुने र युवा वर्गमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। क्लब अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव अतित गुरुङले स्वागत तथा संचालन स्थानीय भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेजप्रसाद शर्माले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width