यात्रा अङ्क ९ लोकार्पण

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
yatra_Fotor

हेमजा, ५ चैत। शिक्षाशास्त्र संकाय, स्नातकोत्तर तह, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पसद्वारा वार्षिक प्रकाशन हुँदै आएको भाषिक अनुसन्धानमूलक पत्रिका यात्रा ९ औं अङ्क लोकार्पण भएको छ।

पत्रिकाको लोकार्पण गर्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले पत्रिकाको नियमित प्रकाशन हुँदैआउनु खुसीको कुरा भएको औँल्याए। उनले यसलाई निरन्तरता दिनुपनेर्मा जोड दिए। साथै विद्यार्थीलाई सिर्जनशील बन्न आग्रह गरे।

विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले यात्रा समूह गठनको छोटो अवधिमै पत्रिका प्रकाशन गरेकोमा विद्यार्थीप्रति धन्यवाद दिँदै विभाग पत्रिका प्रकाशनमा सधैँ हालेमालो गर्न तयार रहेको बताए। उनले नेपाली विषय पढेकोमा आफूलाई गर्व लाग्ने गरेको अनुभव पनि सुनाए। यात्रा पत्रिकाको नाममा स्थापित अक्षयकोष चाँडै नै वितरणको सोचमा विभाग रहेको पनि उनले जनाएका थिए।

पूर्व विभागीय प्रमुख प्राडा यदुनन्दन उपाध्यायले २०६६ सालदेखि पत्रिकाले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै यात्रा पत्रिकामा अनुसन्धानमूलक लेख बढाउनुपर्ने सुझाव दिए।

सह–प्राध्यापक डा नरहरि उपाध्याय गौतमले नेपाली शिक्षा विभागलाई परिचय दिने काम पत्रिकाले गरेको भन्दै विद्यार्थीले ज्ञानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याए। सह–प्राध्यापक डा बाबुराम अधिकारीले विभागका सदस्य पनि पत्रिकामार्फत् एकजुट हुन पाएको भन्दै प्रशंसा गरे। उनले पत्रिकाको लोकार्पण विभागको चाड भएको पनि औँल्याएका थिए।

सल्लाहकार चोलाकान्त ओझाले पत्रिका मार्फत विद्यार्थीको मेहनत परिस्कृत हुँदै गएको भनाइ राखे। पूर्व अध्यक्ष श्रीभद्र पौडेलले पत्रिकाको चिनारीमा अक्षयकोषले टेवा पुर्याउने विश्वास व्यक्त गरे।

पत्रिका समीक्षा गर्दै उप–प्राध्यापक केशवशरण पराजुलीले परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले पत्रिका सन्तुलनमा आएको चर्चा गर्दै शीर्षकीय मर्म अनुसार नै लेख आएको भनाइ राखे। उनले भाषिक सम्पादनमा कतिपय त्रुटी रहेको औँल्याए।

यात्रा समूहका अध्यक्ष जीवनराज सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य वन्दना थापाले स्वागत, सचिव देवी पौडेलले कार्यक्रम संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width