पोखरा, ५ चैत । धुर्मुस सुन्तली फाउण्डेशनले चैतको २३ गते मातृभूमी मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेलाउने भएको छ ।
फाउण्डेसनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले चैतको २३ गते कीर्तिपुरमा प्रतियोगिताको आयोजना गर्ने भएको जानकारी दिएका हुन् । ‘धुर्मुस’ कट्टेलका अनुसार चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगार्र्थ रकम संकलनका लागि प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा राष्ट्रिय दुई टिमले प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय टिम ‘ए’ र राष्ट्रिय टिम ‘बी’ दुई टिमले प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय टिम ‘ए’ बाट पारस खड्काले र राष्ट्रिय टिम ‘बी’ बाट ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन राष्ट्रिय कलाकारहरुले समेत क्रिकेट खेल्नेछन् । चर्चित हांस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको दुई छुट्टाछुट्टै नेतृत्वमा कलाकारहरु क्रिकेट मैदानमा उत्रनेछन् ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७