पाइलट सहित दुई घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७५
Paragliding51-990×490

पोखरा, ५ चैत । पोखरा– १८ को फेवाताल किनार खपौदीमा मंगलवार दिउसो प्याराग्लाईडिङ दुर्घटना हुँदा दुई वालक सहित दुई विदेशी नागरिक घाइते भएका छन् ।

ओपन स्काई प्याराग्लाईडिङ कम्पनीकवाट उडेको प्याराग्लाईडिङ खपौदीमा ल्याण्ड गर्ने क्रममा विद्युत तारमा अड्किएर  दुर्घटना भएको हो ।  प्याराग्लाईडिङ सराङकोटवाट उडेको हो ।

दुर्घटनामा परी चिनीया पाईलट ५० बर्षीय ALES WKRIEN र चिनीया मूलुकको सिंगापुरको नागरिक बर्ष ७ का YANG GUANG ZE  घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । घाइते ल दुवैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width