जन्मिदिनमा वृद्धवृद्धालाई पंखा र खाद्यान्न

एजेन्सी
चैत्र ५, २०७५
p 5

पोखरा, ५ चैत । अधिकांश युवा माझ केक काटेर र भोजभतेर खाएर जन्मदिन मनाउने चलन भेटिन्छ । परिवार, साथिभाई र आफन्तहरुलाई वोलाएर रमाईलो गर्दै जन्म दिन मनाउनेलाई शुभकामना दिने गरिन्छ । तर पोखरा महानगरपालिका ५ मालेपाटनका २५ बर्षीय युवक प्रेम गुरुडले वेसहारा वृद्धवृद्धालाई खाद्यान्न र भौतिक सामाग्री दिएर आफ्नो जन्मदिन मनाएका छन ।

मालेपाटन युनाईटेड क्लबका अध्यक्ष समेत रहेका प्रेम गुरुडले जन्मदिनमा रमाईलो गर्ने खर्चले पोखरा– १४ स्थित वाच्छिवुडुवाका वृद्धवृद्धालाई गर्मिमा आवश्यक पंखा, चाउचाउ, जुस लगायतका सामाग्री दिएका हुन । गुरुडले वृद्धाश्रमलाई ६ थान पंखा, दुई कार्टुन चाउचाउ र एक कार्टुन रियल जुस वृद्धाश्रमका सचिव पण्डित युवराज वाग्लेलाई मंगलवार हस्तान्तरण गरेका थिए ।

वुवा जगतवहादुर गुरुड र आमा सुकुन गुरुडका कान्छा छोरा गुरुडले जन्मदिनको नाममा तडकभड्क र फजुल खर्च गर्ने परिपाटीको अन्त्य गरी वेसहारा मानिसलाई सेवा गर्ने संस्कारको विकास गर्न वृद्धाश्रमलाई सहयोग गरेको बताए ।

 

 

Related News

सम्बन्धित समाचार

hero news full width