बाग्लुङ, ५ चैत । बाग्लुङको पश्चिमी क्षेत्र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
नगरपालिका अन्तर्गतका न्यायिक समिति, जनप्रतिनिधि एवं अन्य सामुदायिक मेलमिलापकर्ताको क्षमता अभिबृद्धि गरी वडा स्तरमा उत्पन्न विवाद समाधान गर्न यस्तो तालिम संचालनमा ल्याइएको हो । ढोरपाटन नगरपालिकाद्वारा आयोजित हप्ते उक्त तालिम जनअधिकार संरक्षण मञ्चले समन्वय गरेको हो ।
समापनमा कार्यक्रममा उक्त नगरपालिकाका प्रमुख देवकुमार नेपालीले स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न तालिम सहयोगी बन्ने बताए । तालिममा सिकेका कुरा गाउँ, टोल र छिमेकमा हुने सानातिना झैझगडा, विवाद समाधान र न्याय निरुपणमा विशेष भूमिका खेल्न प्रशिक्षकलाइृ आग्रह गरे ।
जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक तथा तालिमका प्रमुख प्रशिक्षक ममतादेवी शर्माले मेलमिलापकर्ताहरु उच्च तथा सर्वोच्च अदालतका न्यायधिस भन्दा पनि माथि रहेको बताउदै समाजमा रहेका हरेक नागरिकहरुसंग सहकार्य गरेर न्याय निरुपण गर्न आग्रह गरिन् । देवानी प्रकृतिका विवाद मुक्त नगर निर्माणमा जुट्न उनले आग्रह गरिन् ।
इन्द्रमणी पाण्डे बिधार्थी पत्रकार
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०