‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

रासस
चैत्र ५, २०७५
Rajpur, Doti, Nepal

डोटी, ५ चैत । बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयााैं स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३१ को मृत्यु भयो भने ५९ घाइते भएका थिए । विसं २०७२ चैत ३० गते शिखर नगरपालिकास्थित जिजोडामाडाँैमा भएको जिप दुर्घटनामा नौ जनाको मृत्यु भयो ।

विसं २०७४ साउनमा डोटीको गगुडामा जिप दुर्घटना भयो । त्यहाँ एउटै गाउँमा नौको मृत्यु भयो । त्यसैगरी विसं २०७५ जेठ १४ गते डोटीकै बोगटान गाउँपालिकास्थित गगुडामा पुनः अर्को जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए भने १३ घाइते भए । सरकारद्वारा गठित छानबिन समितिले साँघुरो सडक, यात्रु बढी, भिरालो बाटो र रातिको समय भएका कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रातिको समयमा यहाँका ग्रामीण सडकमा बढी दुर्घटना हुने गरेको भन्दै स्थानीय प्रशासनले रातिको समयमा जिल्लाका कुनै पनि ग्रामीण सडकमा गाडी नचलाउन आदेश दियो । बानेडंग्रीसैन–जिजोडामाडौँ, बुडर–जोरायल, दिपायल–चवराचौतरा सडकमा सवारी सञ्चालन अनुमति छैन ।

सुदूरपश्चिम प्रदेशका अधिकांश ग्रामीण सडकमध्ये धेरैले अस्थायी अनुमतिसम्म पाएका छैनन् । यातायात सञ्चालनको अनुमति नपाएका सडकमा गुड्ने सवारीले जोखिम बढाएको छ । यी सडकले मापदण्डसमेत पूरा गरेका छैनन् ।

मापदण्ड पूरा नगरेका सडकमा चल्ने सवारीले बढी यात्रु ओसार्ने गरेका छन् भने दुर्घटनापछि घाइते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताए ।

“मापदण्ड विपरीतका सडकमा जथाभावी गाडी गुडाउँछन, दुर्घटना भएपछि क्षतिपूर्ति लिन समस्या हुने गर्दछ ।” सवारी सञ्चालनको अनुमति नपाएका सडकमा दुर्घटना भएमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समस्या हुने उनको भनाइ छ ।
तोकिएको मापदण्ड पूरा नगरेका सडकमा सवारी सञ्चालनको अनुमति हँुदैन । यहाँको प्रशासनले राजनीतिक र जनताको दवावका कारण सवारी चलाउन दिएको बताउँदै आएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने ।

अहिले डोटीको बुडर–जोरायल सडक, दिपायल–बोगटान सडक, राजपुर–गडसेरा सडकमा सवारी सञ्चालनको अनुमति नै छैन । त्यस्तै डडेलधुराको बुडर–जोगबुढा सडक, बाजुराको तिपडा–मार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सडकमा सवारी सञ्चालनको अनुमति नभएको यातायात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभरिमा कूल १३३ ट्राफिक दरबन्दी रहेकामा बिदा काज गरी १२० दैनिक सडक जाँचमा हुन्छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको पछिल्लो तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सवारी सञ्चालनको अनुमति पाएका चार हजार ७०३ किलोमिटरमा दैनिक सबैखाले गरी २७ हजारभन्दा बढी गाडी गुड्ने गर्छन् । यी सडकमध्ये ८९३ कालोपत्र सडक रहेको छ भने एक हजार ४९४ ग्राभेल र दुई हजार ३१६ किलोमिटर कच्ची अवस्था रहेको छ ।

सडक विस्तारसँगै दुर्घटनामा पनि निकै वृद्धि भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । हिसाब गर्दा एउटा ट्राफिकलाई ५० किलोमिटर सडक भागमा पर्छ । प्रतिदिन एउटा ट्राफिकले सरदर ५०८ गाडी जाँच गर्नुपर्ने बाध्यता रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको दुर्घटनाले सडक सवारी साधनको यात्रालाई असुरक्षित सावित गर्न थालेको छ । वर्षेनी सवारी दुर्घटना बढिरहेका भए पनि त्यसलाई न्यूनीकरण गर्न सकिएको छैन । विसं २०७३ साउन १ गतेदेखि विसं २०७५ फागुन १९ गतेसम्म मात्रै सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी ३२४ को ज्यान गएको छ । सोही अवधिमा कम्तीमा पनि ६८४ घाइते तथा अङ्गभङ्ग भएका ट्राफिक प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका प्रमुख केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, भौगोलिक कारण, यान्त्रिक कारण र मानवीय कारण गरी तीन कारण रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width