काठमाडौं, ५ चैत । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा सक्रिय हुने भएकी छन् । विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।
संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरेकी छन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् ।
पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । उनी एसएसपीको रुपमा पोखरामा समेत रहेकी थिइन् ।
प्रहरी सेवामा रहेर दल प्रवेश गर्ने शिलशिला केही समयदेखि जारी छ । पूर्वप्रहरी महानिरीक्षकलगायतका पद सम्हालेकादेखि महत्वपूर्ण जिम्मेवारी लिएका व्यक्तिहरू दल प्रवेश गरेर सार्वजनिक पद धारण गरिरहेका छन् । यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएका सिलवाल हाल संघीय संसदका सांसद् छन् ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०