पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

रासस
चैत्र ५, २०७५
1552972049961_NR_Dang

klZrd bfªsf] aaO{ ufpFkflnsf –% l:yt ko{6ssf] cfsif{0fsf] ?kdf /x]sf] k’/Gw/f em/gf . t:jL/ gf/fo0fL /hf}/] bfª /f;; .

दाङ, ५ चैत । दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ ।

तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ ।

झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ । झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन् ।

अहिले सो झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक ३०० देखि ४०० सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए ।

उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको ३० रुपैयाँ कार तथा जिपको २०० रुपैयाँ र बसको शुल्क २५० निर्धारण गरिएको छ ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताइन् ।

उनले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने बताए ।

झरनाको विकासका तथा त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यसले अझै पर्यटकलाई आकर्षित गराउने र यहाँबाट आम्दानी बढाउन सकिने भन्दै गाउँपालिकाले अहिले विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको उपाध्यक्ष विकले बताइन् ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताए । चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रु १५ लाख र प्रदेश नं ५ सरकारले ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width