राँझा, ४ चैत । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने दावी गरेका छन् छन् ।
नेपालगञ्जमा आइतबार ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने, ‘आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्रै हुन्छ । हाम्रो दृढसङ्कल्प छ ।’
यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए ।
‘राष्ट्रिय खेलकूद प्रतियोगिता दुई/दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ,’ सदस्य सचिव बिष्टले भने, ‘विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न लागि परेका छौँ ।’
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शंका नगर्न सदस्य सचिव विष्टले आग्रह गरे । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालभित्र गर्ने नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी र खेलाडीको चाहना रहेको उनले उल्लेख गरे ।
‘प्रत्येक दुई/दुई वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता गर्नुपर्छ भन्ने सोंचका साथ प्रतियोगिताको मिति घोषणा गरेका हौँ । यसलाई सम्पन्न गर्ने अभिभारा पनि मैरै हो,’ उनले थपे ।
‘जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए । धर्ती खसे, समु्रन्दै पसे के गर्ने भन्ने मात्रै हो, अरु कुनै समस्या छैन,’ उनले भने ।
नेपालगञ्जमा चैतमा अत्यधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको उनको भनाइ छ । प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने नभएको बताए । उनका अनुसार ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
एकै खेलमा ट्रिपल ह्याट्रिक
भलिबल विजेतालाई गृहजिल्लामा सम्मान
पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स फुटबल’ सुरु
क्लबस्तरीय टी–२० लिग क्रिकेट हुने
भलिबलमा पाेखरेलीकाे क्रेज, प्यारापिटमा थामिनसक्नु भीड
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७