काठमाडौँ, ४ चैत । नेपाल बार एशोसिशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो मुख्य कार्यसूची भएको बताएका छन् ।
नेपाल सञ्चार केन्द्रले सोमवार बार निर्वाचनको सन्र्दभमा आयोजित ‘बारको निर्वाचन र अबका मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा एशोसिएशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नै आफ्नो मुख्य कार्यसूची भएको बताए ।
कार्यक्रममा बारमा प्रगतिशी, पेशागत तथा समावेशी कानून व्यवसायी समूहतर्फका अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर श्रेष्ठले न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
‘‘अहिले न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको छ, न्यायाधीश नियुक्ति र कार्यसम्पदानमा नै भ्रष्टाचार रहेको छ’’ उनले भने । ‘‘अबको बारको दायित्व न्यायालयमा देखिएको भ्रष्टाचार नियन्त्रण गर्नु हो ।’’ उनले न्यायाधीशको नियुक्ति व्यक्तिगत र राजनीतिक हुँदा स्वतन्त्र हुन नसकेको धारणा राखे । उनले न्यायाधीशको नियुक्ति न्यूनतम योग्यतामात्र नभएर प्राज्ञिक र नैतिक चरित्रवान हुनुपर्नेमा समेत जोड दिए ।
बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिलबहादुर पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘‘कुन न्यायाधीशको मुद्दा कुन परेको छ भनेर थाहा पाएपछि कस्तो फैसला आउँछ भन्ने थाहा हुन्छ’’ उनले भने । ‘‘त्यसैले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्दछ ।’’
कार्यक्रममा प्रगतिशील समूहका तर्फबाट महासचिव पदका उम्मेदवार सुरेन्द्रबहादुर थापाले बार एशोसिएशनले मुलुक र समाज परिवर्तनको अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आफूले बारलाई अझ प्रभावकारी बनाउने बताए ।
लोकतान्त्रिक समूहका महासचिव पदका उम्मेदवार लिलामणि पौडेलले स्वतन्त्र न्यायपालिका निर्भिक भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिए । उहाँले न्यायालयभित्रको भ्रष्टाचारलाई रोक्न आफू प्रतिबद्ध भएको भन्दै न्यायाधीशलाई गोलाप्रथाबाट पेसी तोक्ने प्रथाको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा प्रगतिशील समूहका महिला उपाध्यक्ष पदका उम्मेदवार रक्षा बस्यालले महिलाका मुद्दालाई आफूले उठाउने बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता रुद्र नेपालले अबको बारले समाजवादउन्मुख न्यायप्रणाली विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । न्यायपालिकाभित्रको विसङ्गति विकृतिलाई अन्त्य भनाई उनको छ । यहि चैत १६ गते देशभरी नयाँ नेतृत्वका लागि बार एशोसिएशनको निर्वाचन हुँदैछ ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०