मनाङमा आयआर्जन गर्न सहजताका लागि कैदीबन्दीका लागि ४५ दिने तालिम सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
Tilicho_Lake

लमजुङ, चैत ४ गते । हिमाली पारीको जिल्ला मनाङको कारागारमा रहेका कैदीबन्दीलाई आम्दानीको सहज स्थिति बनाउन हस्तकलाको तालिम दिन थालिएको छ । उनीहरूलाई ४५ दिने बासको हस्तकला सम्बन्धी सामग्री बनाउन तालिम दिइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले हस्तकला तालिमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने– ‘यहाँ धेरै होटल छन् । पर्यटक आउँछन् । बनाएका सामग्री पर्यटकलाई बेच्न सकिन्छ । कतिले होटलमा सजावटको रूपमा राख्छन् । कतिले कोशेलीको रुपमा लग्न पनि सक्छन् यसबाट आय आर्जन हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले फुर्सदको समयमा सीप सिक्नुपर्छ । हातमा सीप भयो भने कारागार भित्रै पैसा कमाउन सकिने बताए । उनले भने– ‘त्यसैका लागि तालिमको प्रवन्ध उनको धारणा थियो । उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न पर्ने उल्लेख गरे ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यालय मनाङ र चामे गाउँपालिका र जिल्ला कारागार कार्यालयको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका प्रमुख प्रदिप न्यौपानेले बताउनु भयो । उहाँका अनुसार कारागारमा रहेका कैदीबन्दीको समय खेर गइरहेको छ । त्यो समयमा उनीहरूलाई सीप सिकेमा राम्रो आम्दानी गर्न सक्ने बाह्य जिल्लाको उदाहरण दिदै त्यसरी सिर्जनामा लाग्दा आचरणमा समेत सुधार हुँदै आउने बताए ।’

मनाङ कारागारका जेलर शैलेन्द्रकुमार चौधरीले ४५ दिने तालिम अवधिमा कैदीबन्दीले निंगालो र बाँसको हस्तकला बाँसबाट मुढा, सजावटका सामान, ¥याक, कुर्सी, टेबल आदि बनाउन सिक्ने बताए । उनका अनुसार तालिममा १५ जना कैदीबन्दी सहभागी छन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कैदीबन्दीले हस्तकलाका सामग्री बनाउन सिक्ने गरेको चौधरीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width