पोखरा फाइनान्सको वार्षिकोत्सवमा ५१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
sdsdcf

पोखरा, ४ चैत । पोखरा फाइनन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा फाइनान्स २३ औ बर्षमा प्रवेश गरेको छ । बैंकले आफनो वार्षिकोत्सवका अवसरमा यही चैत १ देखि तीन गतेसम्म टोलसुधार समितिलाई डस्टविन वितरण, रक्तदान कार्यक्रम र बैंकिङ साक्षरता कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको जानकारी फाइनान्सले दिएको छ ।

चुक्तापूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको उक्त वित्तीय संस्थाका १९ वटा शाखा कार्यालय छन् भने छिट्टै काठमाण्डौ र ललितपुरमा समेत शाखा खोल्ने तयारीमा रहकेो जानकारी कार्याकारी प्रमुख रविचन्द्र गुरुङले  दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width