वालिङ, ४ चैत । स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ ।
बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले सो सम्बन्धी चेक हस्तान्तरण गरेका हुन् ।
“शाखा प्रबन्धकमा कार्यरत रहँदा दुई महीनामै कार्यालय आउँदा पूर्वपश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी रामजीतको निधन भएको थियो ”, संस्थाका अध्यक्ष खाँणले भने “ परिवारलाई ठूलो क्षति अनि पीडा परेकाले राहतस्वरुप आर्थिक सहयोग गरेका हौँ ।”
मृतक राईको परिवारलाई यसअघि संस्थामा कार्यरत कर्मचारीले एक लाख ७५ हजार सहयोग गरेको संस्थाका कार्यकारी अधिकृत मीन बोहोराले बताए । “संस्थाको सञ्चालक समितिको बैठकले मृतककी श्रीमती ज्ञानकुमारीलाई कर्मचारीको रुपमा नियुक्ति दिएका छौँ ।” साढे चार वर्षको छोराको शिक्षामा उक्त रकम खर्च गर्ने योजना बनाएको ज्ञानकुमारीले बताइन ।
विसं २०६७ भदौमा सो बैंकको हाल २५ जिल्लामा ७० वटा शाखा रहेका छन् भने ३५ हजार ग्राहक यसमा आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०