बैंकद्वारा नगद फिर्ता योजना सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
BOKL-Merger-pic-1-1

पोखरा, ४ चैत । बैंक अफ काठमाण्डूले आफना समस्त भिसा कार्ड वाहक ग्राहकहरूका लागि कार्ड प्रयोग गरे बापत दश प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सिमा एक हजार रुपैयाँ तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको दश प्रतिशत अथवा अधिकतम पाँच सय कायम गरिएको जनाएको छ ।

यसकोसाथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा पाँच हजार तोकिएको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पीओएस टर्मिनलमा तथा ई–कर्मस कारोबारहरूमा लागु हुने जानकारी गराएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width