वोलेरोको ठक्करबाट एकको मृत्यु

रासस
चैत्र ४, २०७५
1_578_872_0_70_http___cdni.autocarindia.com_ExtraImages_20160919062238_bol1

चितवन, ४ चैत । चितवन जिल्लाको भण्डाराबाट नारायणगढतर्फ जादै गरेको बोलेरोले निपनी चोकमा सोमवार विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width