म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् ।
पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् ।
वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् ।
एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल दुई हजार २४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताउनुभयो । तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन् ।
यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महीनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २१७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कूल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरीद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
स्वाभिमान सहकारीमा साराबहादुर
युनिप्स खेल महोत्सव उद्घाटन आज
शिशु कल्याणमा वार्षिक खेलकुद
पाल्पाली सहकारी र मणिपालबीच सम्झौता
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०