पोखरा, ३ चैत। पोखराका अग्रज सञ्चारकर्मी चन्द्रकान्त पौडेल (गोर्खापत्र बाजे) को स्मृतिमा एक लाख रुपैयाँको सञ्चारकर्मी सम्मान कोष स्थापना गरिने भएको छ।
स्वतन्त्र पत्रकार संघ नेपालको शनिवार पोखरामा वसेको राष्ट्रिय समितिको वैठकले उक्त निर्णय गरेको हो। वैठक संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोलाको अध्यक्षतामा वसेको थियो।
पेशाप्रति निष्ठावान, निर्भिक र निडर सञ्चारकर्मीका रुपमा परिचित गोर्खापत्र बाजेको स्मृतिमा स्थापना थर्न लागिएको उक्त पुरस्कार कोषका लागि विभिन्न क्षेत्रवाट सहयोग जुटिरहेको छ।
कोषका लागि आदर्श समाज राष्ट्रिय दैनिकले २५ हजार रुपैयाँ,, बाजेका कान्छा छोरा शिव पौडेलले २० हजार पाँच सय, नेपाल ज्योतिष पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा बलराम रेग्मीले पाँच हजार एक सय, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाले दुई हजार पाँच सय रुपैयाँ र राष्ट्र आवाज साप्ताहिकका प्रधान सम्पादक केशव भण्डारीले एक हजार पाँच सय रुपैयाँ प्रदान गरेका छन्।
सञ्चारकर्मी पौडेलले ४० बर्ष अघिदेखि पोखरामा गोर्खापत्र लगायतका पत्रपत्रिकाहरुको वितरण तथा सूचना प्रवाहको कार्य गरेका थिए। उनी ढाकाटोपी, दौरासुरवाल र कालो जुत्तामा ठाटिएरै पत्रिका वितरण गर्थे। नेपाली राष्ट्रियता प्रति गौरव गर्ने गोर्खापत्र बाजेको ८० वर्षको उमेरमा वि.स. २०६९ माघ २१ गते निधन भएको थियो। निधनको अघिल्लो दिन साँझसम्म पनि उनले पत्रिका वितरण गरेका थिए।
भ्रष्ट नेताहरुको कडा आलोचकका रुपमा परिचित रहेका बाजेले सार्वजनिक समारोहमै औंला ठड्याएर आवाज उठाउँथे। उनीले पोखरा–३ को वडा सदस्यमा निर्वाचित भई जिम्मेवारी पूर्वक जनताको सेवा समेत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०