लमजुङमा युवाको जलवायु मार्च

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
Lamjung Jalabayu March Pass_Fotor

लमजुङ, ३ चैत। लमजुङमा बढ्दो वातावरण प्रदुषण तथा जलवायु परिवर्तनबारे सचेतना जागृत गर्न ‘जलवायु मार्च’ अर्थात र्याली गरिएको छ।

लमजुङ कुषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था जलवायु परिवर्तनका लागि युवाहरू संञ्जाल (एनवाइसीए) लमजुङ शाखाले गरेको हो।

सुन्दरबजार नगरपालिकाको सुन्दरबजारमा सो कार्यक्रम गरिएको हो। र्यालीका सहभागीले ‘जिरो कार्वन शहर हेर्ने हाम्रो रहर,’ ‘परोस् बरु रात सार्वजनिक यातायात’, ‘विद्युतीय सवारी हाम्रो जिम्मेवारी’ लगायतका सचेतना मूलक प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए।

लमजुङ कृषि क्याम्पसबाट निस्केको सो र्याली फिल्महल रोड, मिलनचोक, पुरानो बजार हुँदै पुनः क्याम्पस परिसरमा आएर कोण सभामा टुंगिएको स्थानीय पत्रकार विष्णुकुमार श्रेष्ठले बताए।

र्यालीमा सहभागी हुँदै सो सभामा पुगेका सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगरपालिकाले पनि जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेको जानकारी दिए। उनले एनवाइसीएसँग सहकार्य गर्न तयार रहेको बताए।

उक्तकार्यक्रममा एनवाइसीए लमजुङ शाखाका उपाध्यक्ष वीरेन्द्र तिवारीले ‘मानवबिना पनि प्रकृति जीवन्त रहन सक्छ। तर, प्रकृति बिनाको मानव जीवनको कल्पना गर्न सकिदैन त्यसैले बेलैमा सचेत हौं, आफू पनि बचौं र प्रकृतिलाई पनि बचाऔं’ भन्ने आह्वान गरे। उनले हामी सबै वातावरण परिवर्तनलाई रोक्ने आ–आफ्नो क्षेत्रबाट लागौं, खटौं यसमा सबैको कल्याण हुन्छ भने।

उक्तअवसरमा उक्त अभियान् सन् २०१८ मा स्वीडेनकी एक १५ वर्षीया बालिका ग्रेटा थुनबर्गले सुरु गरेको एनवाइसीएका जिल्ला अध्यक्ष आशीष त्रिपाठीले जानकारी दिए।

उनका अनुसार यो वर्ष विश्वका एक सय ६ भन्दा बढी राष्ट्रमा यो कार्यक्रम चलिरहेको जानकारी दिइएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width