रुकी फाउण्डेसन स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५

गल्याङ, ३ चैत। स्याङ्जाको गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीले रुकी फाउण्डेसनको घोषणा गरेका छन्।

प्रमुख अधिकारीले आईतबार आफ्नी माता स्वर्गीय रुकी अधिकारीको १२ औँ दिनको पुण्य तिथिमा रुजी फाउण्डेसको घोषणा गरेका हुन्।

गल्याङ नगरपालिका वडा नं ८ करादीस्थित आफ्नै निवासमा फाउण्डेसनको घोषणा गरेका हुन्। स्वर्गीय माता रुकी अधिकारी र पिता जितलाल अधिकारीको नामबाट रुजी फउण्डेसनको नामाकरण गरिएको प्रमुख अधिकारीले बताए। ३ लाख ३३ हजार ३ सय ३३ को फाउण्डेसन माता रुकी अधिकारीको ४५औँ दिनभित्र स्थापना गर्ने समेत उनले बताए।

पिता स्व. जितलाल अधिकारीलाई बाल्यकालमै गुमाएकी अधिकारीले माता रुकीकुमारीले नै मातापिता दुवैको दायित्व पुरा गर्नुभएको स्मरण गर्दै माताको १२ औं दिनको पुण्यतिथिमा फाउण्डेसन घोषणा गरेका हुन्।

फाउण्डेसनले स्याङ्जा कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा कार्य गर्नेछ। फाउण्डेसन स्थापनाका लागी समिति निर्माण गरी विधि र विधान अनुसार अगाडि बढ्नेसमेत प्रमुख अधिकारीले बताए।

फाउण्डेसको हालको रकम ३ लाख ३३ हजार ३ सय ३३ भएपनि अन्य दाताहरुको खोजी गरी फाउण्डेसनलाई विस्तार गरिनेछ। कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद पाण्डे, नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष राजेन्द्रदेव खनालले सामाजिक क्षेत्रमा लाग्नका लागी स्व. अधिकारीको प्रेरणा निकै अविस्मरणीय रहेको भन्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे।

स्वर्गीय रुकी अधिकारीले समाजमा खेलेको भूमिकालाई निरन्तरता दिनका लागि र समाजमा रहेको गरिव दिन दुःखी, अपाङ्ग, जेष्ठनागरिक, समाजलाई महत्वपूर्ण योजदान पुर्याउने महानुभावलाई बार्षिक रुपमा सम्मान तथा सहयोग गर्ने अभियानका साथ संस्था स्थापना गरिएको स्वर्गीय रुकी अधिकारीका नाती टिकाराम अधिकारीले जानकारी दिए।

स्व. रुकीकुमारीको ११४ वर्षको उमेरमा यही फाल्गुन २२ गते निधन भएको थियो। अधिकारीको ३ छोरा र ५ छोरी मध्ये प्रमुख अधिकारी कान्छा छोराको रुपमा छन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width