पोखरा, ३ चैत। गण्डकी प्रदेशसभा सदस्य एवं महिला उद्यमी मिना गुरुङले आफ्नो सांसद भत्ता एवं सुविधालाइ स्वरोजगार तथा उद्यमी महिलाको सृजनशिल तालिमको लागि खर्च गर्ने बताएकी छन्।
महिला उद्यमी संघ नेपाल, कास्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ र व्यापार तथा निकासी प्रवद्र्धनको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनीजन्य फेल्ट वस्तु उत्पादनसम्बन्धी तालिमको निरीक्षणमा उनले सो कुरा बताएकी हुन्।
वडा, वडामा उद्यमीको ईकाई कमिटि गठन गरेर आफूले पाएको रकमबाट महिला उद्यमशीलतामा प्रवद्र्धन गर्ने बताएकी हुन्। सवल र सक्षम जनशक्तिबाट मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै हरेक नागरिकसँग व्यवसायिक सीप हुन आवश्यक रहेको बताइन्।
गण्डकी प्रदेशमा सामाजिक मन्त्रालयले स्वरोजगार कार्यक्रम शुरु गरेको भन्दै आफ्नो रुचि र क्षमताअनुसारको तालिम लिएर आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गरिन्। उद्यमी संघको संस्थापक अध्यक्ष समेत रहनु भएका गुरुङले महिला माथि हिंसानै परनिर्भरता भएकाले आर्थिक सशक्तिकरणका लागि उद्यमशील बन्न आव्हान गरिन्।
ऊनीजन्य पदार्थलाई रंग र साबुनको घोलमार्फत विभिन्न आकारमा ढालेर आकर्षक वस्तु तयार गरिने संघका अध्यक्ष काशी गुरुङले जानकारी दिइन्। विदेश निर्यात हुने हस्तकलाको सामाग्रीभित्र पर्ने फेल्ट तथा ऊनी जन्य हस्तकलाका सामाग्रीहरु आकर्षक हुने देशभित्र र बाहिरसमेत राम्रो बजार भएकाले महिला दिदीबहिनीको लागि तालिमको आयोजना गरेको बताइन्।
कास्की जिल्लामै पहिलो पल्ट सञ्चालित उक्त तालिममा एकसय ४२ जना महिलाको सहभागिता रहेको छ। तालिममा सहभागी अधिकांश दिदीबहिनी स्वरोजगार हुन ईच्छुक देखिएको गुरुङले बताइन्।
पोखरा घुम्न आउने पर्यटकलाई समेत पोखराको चिनोको रुपमा ऊनीजन्य सामग्री प्रयोग गर्न सकिने बताइन्।
विदेशी मुलुक इङ्ल्याण्ड, स्वीजरल्याण्ड, दुवइ लगायतका मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेको कार्कीले बताइन्। ऊनीजन्य पदार्थबाट निर्मित बस्तु बढि निर्यात हुने देशहरुमा जर्मर्न, डेनमार्क, जापान, अमेरिकालगायतका मुलक छन् । निर्यातित सामानमा झोला, जुत्ता, टोपी (ह्याट), फुलको झुप्पा, चरा, झुमर लगायतका छन्।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०