काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
nepali_congress_central_office_copy41

काठमाडौँ ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो ।

सोमबार पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…
    • जनयुद्धका सहिदको सम्झना

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      हेमजा । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीले देशमा धेरै उपलब्धि हासिल हुन सकेको बताएका…

    hero news full width

    sanil ads

    wordlink ads