पोखरा, ३ चैत। कास्की जिल्ला तेक्वान्दो संघको ११ औं साधारण सभा पोखरामा शनिबार सम्पन भएको छ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष यम गुरुङले सो सभाको उद्घाटन गर्दै पोखरालाई खेलकुदको राजधानीका रूपमा विकास गर्ने भौतिक पूर्वाधार विकास भइरहेको बताए।
उनले तेक्वान्दो संघलाई आवश्यक पर्ने जग्गा रंगशालाभित्र उपलब्ध गराउन पहल गर्ने बताए। उनले खेलाडीलाई राज्यले उचित सेवा दिन नसकेको स्वीकार गरे।
संस्थाका अध्यक्ष जगन गुरुङले पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता र तेक्वान्दो फेस्टिवल गर्ने सोच भएकोले समग्र पोख्रेलीको सहयोगको अपेक्षा गरे।
तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहदेखि नै खेलकुदका गतिविधिलाई बढाउनुपर्ने बताए।
सल्लाहकार रतन गुरुङले प्रादेशिक संरचनामा गण्डकी प्रदेशले तेक्वान्डोको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे।
साधारणसभामा सचिव ललितबहादुर धामी र कोषाध्यक्ष कुमार गुरुङको प्रतिवेदन प्रस्तुत गरेका थिए।
तेक्वान्दो संघले जुनियर खेलाडीको वेल्ट टेष्ट, ३९ औं ब्याज दोश्रो डान र ४१ औं ब्याज प्रथम डान ब्ल्याक वेल्ट तेक्वान्दो खेलाडीको वेल्ट टेष्ट सम्पन गरेको छ।
संघले तेक्वान्दो निर्णायक सेमिनार र रेफ्रिेसर कोर्ष सञ्चानन तयारी गरेको छ। जिल्लामा १० वटा नयाँ थप डोजाङ दर्ता तयारीमा रहेको जानकारी दिइएको थियो।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०