पोखरा, ३ चैत। तमु धिं नेपालले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ। विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशीका माग वार्तामार्फत नै पुरा गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको नेतृत्वको टोलीले आइतवार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढा मार्फत प्रधानमन्त्री केपी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन्।
तमु ल्होछारमा सार्वजनिक विदा, सिंहप्रसाद तमुले बम विष्फोटमा परी जीवन गुमाउनु परेको, बैदेशिक रोजगार संघका अध्यक्ष रोहन तमुको घरमा बम बिष्फोट घटनाका दोषीलाई कारवाही, पवित्र बस्त्र खादाका बारेमा समाजमा द्धेष फैलाउन खोज्नेलाई कारवाहीको माग ज्ञापनपत्र उल्लेख छ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रजिअ बुढाले तमु धिं नेपालको मागपत्र तत्कालै गृहमन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाउने आश्वासन दिएका थिए। साथै प्रजिअ वुढाले शान्ति स्थापनाका लागि तमु धिंको भूमिका महत्वपूर्ण रहँदै आएको बताए।
ज्ञापन पत्रमा ‘खुशी नेपाली, समृद्ध नेपाल’ नारा लिएको खड्गप्रसाद शर्मा ओलीको नेतृत्वको सरकार गठनले वर्षदिन पुगिसक्दा पनि नेपाल र नेपाली जनताको समृद्धिको सपना पूरा गर्नुको सट्टा पुन मुलुकमा द्वन्द्वको कालो बादल मडारिएको छ।
सरकार दुई तिहाईबाट बहुमततर्फ झरेको छ। ओली सरकारले नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्व नेकपा माओवादीलाई प्रतिबन्धित बनाएको छ भने विप्लव नेकपा माओवादीले दोश्रो जनयुद्धसमेत घोषणा गरेकोले मुलुकमा शान्तिपूर्ण शान्ति खल्बलिएको छ। ‘हामी गोला बारुद्ध होइन, सबैको आत्मसम्मान हुने समृद्ध नेपाल चाहेका छौं,’ ज्ञापन पत्रमा उल्लेख छ।
बहुजातिय, बहुसाँस्कृतिक, विविधताको मुलुक नेपालमा नेपाल सरकारले २०७६ सालको सार्वजनिक विदाको निर्णय प्रति हाम्रो ध्यानाकर्षण भएको छ। देशको ३१ प्रतिशत जनसंख्या रहेका जनसमुदायलाई आम नेपाली सम्झेर सार्वजनिक १५ दिनको विदामा ११ दिन उनीहरुकै लागि र ३७ प्रतिशत आदिवासी जनजातिले प्राप्त गरेको ५ दिनको सार्वजनिक विदा कटौतीले विदामा समेत विभेद भएकोमा हाम्रो विरोध रहेको छ।
‘१५ दिन सार्वजनिक विदा एवं सट्टा विदाको नाममा तमु ल्होछारलगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचित गरिनु आपत्तिजनक छ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत धर्मनिरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाका बारे भ्रम फैलाउदै समाजमा द्धेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न मागसमेत गरिएको छ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०