लेखनाथ, ३ चैत। गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले मन्टेश्वरी एवं प्रि—स्कुलहरु बालमैत्री हुनुपनेर्मा जोड दिएकी छन्।
पोखरा–२७ डाँडाकोनाकमा रहेको लिटिल गाडेर्न मन्टेश्वरी एवं प्रि—स्कुलको बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै उपसभामुख शर्माले मन्टेश्वरी बालबालिकाका लागि बोझ नभई अभ्यास शिक्षण विधिको प्रारंभिक खुड्किलो भएको बताइन्।
शर्माले खेल्दै, सिक्दै विभिन्न विधिको प्रयोग गरी बालबालिकालाई शिक्षण गराउँदा उनीहरुको मनोविकास हुने उल्लेख गरिन्। बालबालिका मैत्री फर्निचर, अध्ययन सामाग्री, भौतिक पूर्वाधार, तालिमप्राप्त शिक्षकबाट शिक्षण गराउँदा उनीहरुलाई अघिल्ला कक्षाहरुमा सहज हुने बताइन्। शर्माले सरकारले शिक्षामा रहेका विभेदलाई अन्त्य गरी समावेशी र समान एवं गुणस्तरिय शिक्षामा जोड दिनुपनेर्मा जोड दिइन्।
समारोहमा पोखरा उपत्ययका नगर विकास समितिका प्रमुख सुन्दरकुमार श्रेष्ठले गुणस्तरिय शिक्षा सवै तहमा निशुल्क गरे वर्तमान अभियान साकार हुने वताए। कार्यक्रममा समाजसेवी मिना भट्टराईले विधार्थीहरुलाई सधै माया र स्नेहका साथ राम्रो शिक्षा दिन सके समाजलाई राम्रोसँग परिवर्तन गर्न सकिने वताए।
कार्यक्रममा पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले अहिलेका मन्टेश्वरीहरु प्रविधिमैत्री भएको उल्लेख गरे। उनले अहिलेका बालबालिकाको पुस्ता स्मार्ट बन्ने उल्लेख गरे।
कार्यक्रममा पोखरा महानगरपालिकाका सामाजिक विकास शाखाका कर्मचारी मिना भट्टराई, संचारकर्मी नवराज सापकोटा, अभिभावक रमा भण्डारीलगायतले मन्टेश्वरीले गुणस्तरमा ध्यान दिनुपनेर्मा जोड दिएका थिए।
संचालिका ऋतु पौडेलले मन्टेश्वरीको अवस्थाबारे जानकारी दिए। पौडेलले बालबालिकाका लागि सिकाईको नमूना थलो बनाउने प्रतिवद्धता व्यक्त गरिन्।
गण्डकी प्रदेशका उपसभामुखका स्वकीय सचिव प्रकाश शर्मा, समाजसेवी नवराज सापकोटा, चतरमान आचार्य लगायतले कार्यक्रमा सुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा संस्थाका प्रिन्सिपल रितु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सत्या पहारी गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७