पोखरा, ३ चैत । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र काठमाण्डौंको एनक्लाउड कम्पनी बीच आइतबार सम्झौता भएको छ ।
यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।
कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका सिईओ दीपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च उठाउने छ ।
सबै बसमा लागू भए सेवा झनै प्रभावकारी हुने उनले सुनाए । ‘सबै बसमा सिस्टम भयो र यात्रुसँग कार्ड भयो भने निकै प्रभावकारी माध्यम बन्छ । हामी त्यसका लागि पहल गरिरहेका छौं, श्रेष्ठले भने–अहिले ८ सय वटा गाडीमा सिस्टम जडान गरेर सोही अनुसार कार्ड वितरण गर्छौं । आवश्यक्ता अनुसार यसलाई विस्तार गर्न सकिनेछ ।’
पोखरा महानगरका मेयर मानबहादुर जिसीले घरघरमा हुने बस स्टेसन यो ब्यवस्थापछि हट्ने र निश्चित स्टेसन कायम हुने बताए । ‘अहिले घरको ढोका ढोकामा बस रोकिन्छन् । भाडामा ठगिएको गुनासो पनि दिनहुँ सुन्नुपरेको छ, उनले भने–अव निश्चित स्टेसन राखिनेछन् । तोकिएको भन्दा बढी भाडा बुझाउनुपर्दैन । कार्ड बोकेर हिडेपछि पैसा हराउने डर पनि रहँदैन ।’
जिसीले पोखराको ट्राफिक ब्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए । उनका अनुसार पोखरामा चल्ने गाडीहरुको स्तरबृद्धीमा पनि महानगरले जोड दिएको छ । ‘कालो धुवाँ फाल्ने गाडीलाई रोक्ने पक्षमा महानगर लागेको छ । युरो फोर मापदण्डका गाडी गुड्न थालिसके । हामी चाहीँ पूरानै जमानामा छौं, उनी भन्छन्–ब्यवसायीसँग समन्वय गरेर गाडीको स्तरीयता कायम गर्ने हो । पोखरालाई पोखराजस्तो बनाउन सडक पनि राम्रो हुनुपर्छ । सडकमा गुड्ने गाडी पनि स्तरीय हुनुपर्छ ।’
तत्काल पोखरा नगरभित्रका गाडीमा जडान गर्ने र पछि लामो दुरीका गाडीमा पनि यो सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । ‘यात्रु ठगिने सम्भावना पनि छैन । मालिक नोक्सानमा पनि जाँदैन । गाडीमा काम गर्ने सहयोगीलाई पनि भाडा उठाईरहने झण्झट पर्दैन, उनले भने–यो सिस्टम निकै प्रभावकारी छ । हामी सबैतिर लागू गर्न पहल गर्नेछौं । यसबाट सबैलाई फाईदा छ ।’
पोखरामा रहेका पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जान राजी भएका छन् ।
Related News
सम्बन्धित समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
hero news full width
मुख्य समाचार
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
फागुन ११, २०७७संसद् पुनर्स्थापना जनता र संविधानवादको जितः सभामुख सापकोटा
फागुन ११, २०७७पुस ५ पछि सरकारले गरेका राजनीतिक नियुक्ति स्वतः खारेज
फागुन ११, २०७७