मनाङमा स्वास्थ्य कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५

लमजुङ, ३ चैत । हिमाल पारीको जिल्ला मनाङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेश स्तरको कार्यालयको रुपमा सो स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो ।

पुरानो जिल्ला स्वास्थ्य कार्यालय रहेकै भवनमा रहने गरी सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापना गरिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख केशव चापागाईले बताए । उनका अनुसार यसअघि मनाङ जिल्लाको स्वास्थ्य कार्यालय हेर्ने जिम्मा स्वास्थ्य कार्यालय लमजुङले पाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि साविकका जिल्ला स्वास्थ्य तथा जनसंख्या कार्यालयहरू खारेज गरी ३५ जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरेको थियो । उक्त निर्णय अनुसार सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय राख्नुपर्ने आवश्यकता महसुस गरी मन्त्री परिषदको निर्णयअनुसार मनाङमा पुन स्वास्थ्य कार्यालय स्थापना गरिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख चापागाईले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य कार्यालय मनाङको प्रमुखको जिम्मेवारी साविक स्वास्थ्य कार्यालय लमजुङका खोप सुपरभाइजर अधिकृत नवराज विष्टले पाउन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width