म्याग्दी ३ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् ।
समूहका अध्यक्ष गमबहादुर पुर्जाले भने “चौरीपालनमा अहिलेसम्म १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।” समूहमा आवद्ध सात जनाले तीन वर्षअघि छ लाख लगानी गरी १२ वटा चौरीपालन शुरु गरेकामा नौमती बाजा बजाएर कोषमा जम्मा गरिएको रकम र व्यतिmगत रकमसमेत सङ्कलन गरेर सो व्यावसाय थालिएको उनको भनाइ थियो ।
चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।
‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौं,’ उनले भने “चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन तर सङ्ख्या र लगानी थपिँदै गएको छ ।” चौरीगाईको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासु र रगत पनि बिक्री हुन्छ ।
समूहका सदस्य गाउँमा हुने विवाह, छेवार, किरियामा बाजा बजाउँछन् । उनीहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र नृत्य देखाउँदा भएको आम्दानी सहभागीले भाग लगाएर निश्चित रकम कोषमा जम्मा गर्दै आएका थिए ।
समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको जानकारी दिँदै सचिव सुनबहादुर पुर्जाले भने “ हमीले संस्कृति जोगाएका छौँ, जीविकोपार्जन पनि भएको छ र पुख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिएको छ ।
युवा युवतीलाई पुख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनीहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि उनीहरू आफै बाजा बजाउन थालेका हुन् । विसं २०६० मा सो समूह गठन भएको थियो ।
बाबा र आमा समूहको सक्रियताले विकासका योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा बाबा समूहले रचनात्मक काम गर्दै आएको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
hero news full width
मुख्य समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१