हिमालय क्लवको अवलोकन भ्रमण सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
54432463_597699304008552_3239617917825843200_n

पोखरा, ३ चैत । हिमालय क्लब पोखरा –१६ का पदाधिकारीले नवलपुर जिल्लाको अमलटारीमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे को अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

थारु साँस्कृतिक रहनसहनको अध्ययन गर्न हिमालय क्लबको एक टोली सो स्थानमा पुगेको थियो । सहभागी टोलीलाई होमस्टे व्यवस्थापन समितिले स्वागत गरेको थियो । सहभागीले थारु साँस्कृतिक कार्यक्रम, नवलपुरको शाश्वत धाम र मूनाल फुड्स प्रा.लि.को पनि अवलोकन गरेका थिए ।

गैंडाकोट नवलपुरमा रहेको विजय विकास श्रोत केन्द्रसँग हिमालय क्लवले अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पोखरा– १६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य, क्लबका अध्यक्ष मोहनबादुर थापा, प्रथम उपाध्यक्ष सुशील बस्नेत, कोषाध्यक्ष शिवराज देवकोटा, सचिव प्रकाश थापा,ताराप्रसाद तिमिल्सिनाले क्लबका तर्फबाट आफ्ना धारणा राखेका थिए । केन्द्रका श्रोत व्यक्ति प्रेम सापकोटाले श्रोत केन्द्रका गतिविधि बारेमा जानकारी गराएका थिए ।

दुइदिने अवलोकन भ्रमणमा सहभागीहरुलाई हिमालय क्लवको मैत्री संस्था मस्र्याङदी युथ कलवले तनहुँको आँवुखैरेनीमा टीका र खादा प्रदान गरी विदाई गरेको थियो । भ्रमण कार्यक्रममा ४० जनाको सहभागीता रहेको भ्रमण कार्यक्रम संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष सुशील बस्नेतले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । कर्मफ्लाइट्सद्वारा एडुटेक नेपालको सहकार्यमा वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरिएको छ । ढोरपाटन–९, सुकुरदुङस्थित…
  • सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    लेखनाथ । सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पोखरा २८…
  • पर्यटन मन्त्रालयको चौमासिक समीक्षा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको (पर्यटन तथा उद्योग) तर्फको चालु आवको प्रथम चौमासिक प्रगति समीक्षा…
  • व्यापार मेलामा २५० स्टल

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । पोखराको नयाँबजारमा बिहीबारदेखि सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी ९३ प्रतिशत पूरा भएको छ । आयोजक पोखरा…
  • जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । पोखरा १८ खपौंदीका ९१ जलारी परिवार माछा व्यवसायमा निर्भर छन् । उनीहरूको आयआर्जनको स्रोत नै माछा हो ।…

hero news full width