दुई ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

rss रासस
चैत्र ३, २०७५

नवलपरासी, ३ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दाङकै सुदीप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

Comments on दुई ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

हाम्रो सुझाव

हिउँ पन्छाउन नेताहरू बीच होड

२३ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड

अवैध रुपमा वस्ने विदेशीप्रति निगरानी वढाइने

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड