पोखरा, ३ चैत । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न समिति र १२ वटा उपसमिति समेतको संयुक्त बैठकसँगै सञ्चार गरिब तथा जेहन्दार छात्रबृत्ति वितरण गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चार गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट नवीन मा. वि. गैरापाटनमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी नर बहादुर गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो । आगामी शैक्षिक शत्रको लागि उनलाई ५ हजार रुपैयाँ संस्थाका अध्यक्ष ढुंगानाले हस्तान्तरण गरे ।
संस्थालाई महत्वपूर्ण योगदान गर्ने ६ जना शेयर सदस्यलाई पनि सोही अवसरमा सम्मान गारिएको थियो । सोही अवसरमा फेलोसीप कार्यक्रम पनि आयोजना भएको उनले बताए ।
अध्यक्ष विनोद ढुंगानाको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रेम प्रसाद दाहाल, सचिव पवित्रराज तिवारी, कोषाध्यक्ष युवराज खनाल, लेखा समिति संयोजक रेशम खड्का, विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्नो भनाइ राखेका थिए ।
पोखराको न्युरोडमा रहेको सहकारीको निक्षेप १३ करोड़ ७० लाख रुपैयाँ, शेयर पुँजी ४ करोड ५० लाख रुपैयाँ, ऋण लगानी १३ करोड ३५ लाख रुपैयाँ रहेको सचिव पवित्रराज तिवारीले जानकारी दिए । सहकारीमा २ सय २६ जना सेयर सदस्य छन् ।
कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीले एसएमएस बैंकिङ, सर्वशुलभ ब्याजदरमा छिटोछरितो कर्जा लगानी, बचतमा उच्चतम ब्याजदर, रेमिट्यान्स सुविधा लगायतका सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । ‘सेयर सदस्यहरुको हकहितमा विविध कार्यक्रम गर्दै आइरहेका छौं,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०