पाल्पा, २ चैत। नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले १३ महिने अवधिमा राष्ट्रका लागि एउटा पनि महत्वपूर्ण काम नगरेको आरोप लगाएका छन्।
‘उनी गफमात्रै गर्छन् तर विकास र समृद्धितर्फ ध्यान छैन,’ प्रेस यूनियन पाल्पाद्वारा पत्रकार अन्तरक्रिया कार्यक्रममा देउवाले भने, ‘देश र जनताप्रति उनी संवेदनशील छैनन्।
नेता देउवाले सीके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताए।
‘राउतसँग सरकारले गरेको सम्झौताविपरीत सीके राउतका कार्यकर्ताले तराईमा आफ्ना गतिविधि देखाइरहेकाले सम्झौताले उनीहरुका गतल कार्यलाई बल पुगिरहेको छ,’ देउवाले भने, ‘सम्झौता कार्यान्वयन गर्न सरकार लाग्नु पर्छ।’
‘सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध समाधानको बाटो नभई उसलाई वार्ता र छलफलबाटै राजनीतिक मूलधारमा ल्याउनु जरुरी छ,’ देउवाले भने, ‘प्रतिबन्ध समाधान नभएर वर्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नु पर्छ। सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले पनि बन्द, हिंसात्मक गतिविधि छोड्नु पर्छ ।’
हिन्दू राष्ट्रका बारेमा उठेको बहसबारे संविधानमा उल्लेखित विषय नै नेपाली काँग्रेसको आधिकारिक धारणा रहेकाले अहिले कसैले हिन्दू राष्ट्रको मुद्दा उठाउँदैमा काँग्रेस त्यसको पछाडि नलाग्ने स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०