सरकारले राम्रा काम गरेन : देउवा

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
sher-bahadur-deuba

पाल्पा, २ चैत। नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले १३ महिने अवधिमा राष्ट्रका लागि एउटा पनि महत्वपूर्ण काम नगरेको आरोप लगाएका छन्।

‘उनी गफमात्रै गर्छन् तर विकास र समृद्धितर्फ ध्यान छैन,’ प्रेस यूनियन पाल्पाद्वारा पत्रकार अन्तरक्रिया कार्यक्रममा देउवाले भने, ‘देश र जनताप्रति उनी संवेदनशील छैनन्।

नेता देउवाले सीके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताए।

‘राउतसँग सरकारले गरेको सम्झौताविपरीत सीके राउतका कार्यकर्ताले तराईमा आफ्ना गतिविधि देखाइरहेकाले सम्झौताले उनीहरुका गतल कार्यलाई बल पुगिरहेको छ,’ देउवाले भने, ‘सम्झौता कार्यान्वयन गर्न सरकार लाग्नु पर्छ।’

‘सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध समाधानको बाटो नभई उसलाई वार्ता र छलफलबाटै राजनीतिक मूलधारमा ल्याउनु जरुरी छ,’ देउवाले भने, ‘प्रतिबन्ध समाधान नभएर वर्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नु पर्छ। सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले पनि बन्द, हिंसात्मक गतिविधि छोड्नु पर्छ ।’

हिन्दू राष्ट्रका बारेमा उठेको बहसबारे संविधानमा उल्लेखित विषय नै नेपाली काँग्रेसको आधिकारिक धारणा रहेकाले अहिले कसैले हिन्दू राष्ट्रको मुद्दा उठाउँदैमा काँग्रेस त्यसको पछाडि नलाग्ने स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width