हेमजा, २ चैत। अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा हुने वीरेठाँटीमा फागुपूर्णिमा मेलाका तयारी अन्तिम चरणमा पुगेको छ। स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा चैत ५ देखि ९ गतेसम्म मेला हुँदैछ। मेलाका आकर्षणमा अन्तरगाउँपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, रस्साकसी, छेलो प्रतियोगिता, हिमाली सांस्कृतिक परिवारको प्रस्तुति लगायत रहेको क्लब सल्लाहकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए।
मेलामा कलाकार प्रीति आले, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, तुलसा क्षेत्री, दीपक थापा र सम्भोज मल्लका प्रस्तुति रहने छन्। त्यस्तै मोदीखोला र भुरुङ्दीखोलाका असला माछाको स्वाद पनि लिने सकिने जनाइएको छ। मेलालाई चीनबहादुर प्यारी प्रतिष्ठानले मुख्य प्रयोजन गरेको छ। भलिबल प्रतियोगितातर्फ प्रथमले १ लाख १ हजार १ सय ११, द्वितीयले ५० हजार ५ सय ५५ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।
त्यस्तै विद्यालयस्तरीय नृत्य प्रतियोगिता प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने आयोजकको भनाइ छ।
प्रतियोगिताबाट पर्यटन प्रवद्र्घन हुने, युवा वर्गमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा छ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१