चितवन, ३ चैत । प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।
नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।
शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ ।
सो स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न लागिएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिए ।
एउटा कक्षामा ३० जनाको दरले शुरुआत समयमा १५० जनालाई पढाइने उनले बताए। पठनपाठनका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ । प्रहरीको यो नवौँ स्कुल हो । पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले सङ्घीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो ।
प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा पुलिस स्कुल सञ्चालन गरिएको थियो ।
सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार शुरु हुन लागेको बताउनुभयो । आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उनले बताए ।
सो आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाभिने र अन्य सामग्री भने सोही विद्यालयमा पठाउने उनले बताए ।
महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, रु पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरीब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको उनले बताए । दाहालले पुलिस स्कुल खुलेसँगै शिक्षा, विकास, रोजगार, उत्पादनको खपत लगायतमा सहयोग पुग्ने बताए ।
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
पर्यटन मन्त्रालयको चौमासिक समीक्षा
पुस ५ देखि भदौरे पञ्चासे महोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०