४१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
blood donate photo_Fotor

पहिलो रक्तदाता गौरीशंकर बहुमुखी क्याम्पस प्रमुख ओमबहादुर कुँवरलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिँदै। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, २ चैत। सामुदायिक सेवा केन्द्र हेमजाको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले केन्द्रले रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपनेर्मा जोड दिए।

त्यस अवसरमा पहिलो रक्तदाता गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवरलाई वडाध्यक्ष शोभाकर तिम्सिनाले ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष तिम्सिना, सामुदायिक प्रहरीअन्तर्गत जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, क्षेत्रीय रक्त संचार केन्द्रका प्राविधिक अधिकृत माधव पोखरेल, वडा प्रहरी कार्यालय वगर प्रहरी प्रमुख दीपक थापा लगायतले मावन जीवनमा रक्तदानको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए।

केन्द्रका अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम तिम्सिनाले स्वागत र कार्यक्रम संयोजक देवीप्रसाद अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width