च्याउ फर्ममा आगलागी

एजेन्सी
चैत्र ३, २०७५
Taner Fire PHoto _Fotor

पोखरा, २ चैत। पोखरा–१९, पुरुञ्चौरस्थित दाजभाइ च्याउ फर्ममा आगलागी भएको छ।

करिब १ करोडको लागतमा १० वर्षदेखि सञ्चालित सो फार्ममा शुक्रबार राति १२ बजे अज्ञात व्यक्तिले आगजनी गरेको बताइएको छ ।

पोखरा–३३ का कृष्णप्रसाद सुवेदीले सञ्चालन गर्दै आएको च्याउ फर्मको ८० वटा टनेलमध्ये ५ वटा टनेलमा आगलागी भएको सञ्चालक सुवेदीले बताए।

घटनाबारे माछापुच्छ्रे गाउँपालिका वडा २, इलाका प्रहरी कार्यालयले प्रारम्भिक छानबिन गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width