प्रेम खोसिँदो रहेन्छ

असफल गौतम
चैत्र ३, २०७५

पोखरा, २ चैत। भाद्र शुक्लपक्षको ऋषि पञ्चमीमा सबैले प्रेमकै कुरा गरिरहेका हुन्छन्। अधिकांश दिदीबहिनी सप्तऋषिको पूजा आराधनामा व्यस्त हुँदै गर्दा पञ्चमीकै सन्दर्भमा स्मृति कार्यक्रम आयोजना गर्ने प्रेमकी पुजारी, एक स्रष्टा साधक जो सिन्दुर खोसिए पनि प्रेम खोसिँदोरहेन्छ, प्रेम पुछिँदोरहेन्छ भनिरहेको अवस्थामा भेटिन्छिन्।

उक्त सन्दर्भ, भारतको लुधियानाबाट प्रेम विवाह गरेर झण्डै तीन दशक अगाडि पोखरा आएका राजन पराशर डागरको जोडीको हो।

जब डागरले भौतिक संसार छोडेर गए, तब उनको स्मृतिमा धर्मपत्नी रमा पराशरले एक्लै स्मृति कार्यक्रम गर्दै आइन्। यो क्रम चल्दै गर्दा उनका शुभेच्छुक, शुभचिन्तकले साथ दिँदैमात्र गएनन्, उनका डागरलाई संस्थागत पनि गराए र २०७२ सालमा विधिवत डागर स्मृति प्रतिष्ठान गठन भयो।

प्रतिष्ठान दर्तापछि डागरको स्मृतिप्रति शुभेच्छुकको प्रेम झन् मौलाउन थाल्यो। आफ्ना डागरलाई जीवन्त राख्न उनले स्मृति सभा सँगसँगै वार्षिक साहित्य र समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्दै आइन्।

डागरको स्मृतिमा प्रतिष्ठानद्वारा हरेक वर्ष पुरस्कृत गर्ने सन्दर्भमा साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, समाजसेवी विश्वमोहन गौचन, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, हरिश्चन्द्र शर्मा, राष्ट्रसेवक कर्मचारी चन्द्रा गुरुङ, लोपोन्मुख लोकसंस्कृति संरक्षणमा क्रियाशील हिमाली सांस्कृतिक परिवार पुरस्कृत भइसके।

भूगोलको सीमाले प्रेमलाई छेक्न नसकेपछि पोखरा आएका यी जोडी बीचैमा विछोड हुन पुगेपछि डागरको स्मृतिमा वाङ्मय क्षेत्रमा योगदान दिने १० हजार पाँच सय राशीको पुरस्कारले साधक–शिल्पीलाई पुरस्कृत गर्ने जुन कर्म हुँदै त्यो अमर प्रेमको सार्थक निशानी त हुँदै हो।

स्मृति सभा र पुरस्कार अर्पणले पनि डागरप्रतिको श्रद्धाको प्रेम नपुगेको अनुभूति पराशरलाई भएपछि अन्ततः उनै पराशरले डागरसँग जोडिएपछिको आफ्नो जीवन कहानीलाई समेटेर पुस्तक तयार गरिन् र नाम दिइन्, ‘अन्तिम अभिलाषा’।

सबैको माया, ममता र स्नेहले प्रतिष्ठान अगाडि बढ्दै गर्दा रमाको आत्मकथाको पाण्डुलिपिलाई प्रकाशनको माध्यम पनि प्रेमको अनुपम नमूना डागर स्मृति प्रतिष्ठान सहायक बन्न पुग्यो।

हिन्दीमा लेखिएको रमाको आत्मकथाका सहयात्री बनेर निस्क्यो–मकालु पब्लिकेशन । जसले प्रकाशनको जिम्मा लियो । यस्तै साहित्यकार दुर्गाबहादुर शाह बाबा र पंक्तिकार नेपाली रूपान्तरणका सहयात्री बने। अन्ततः अग्रज संस्कृतिकर्मी चेतन कार्की रमाको हिन्दी लेखनको हुबहु त्यो पनि सौजन्य अनुवाद गर्ने शुभेच्छुकका रूपमा देखा परे। अन्ततः रमा आफ्नो आत्मकथा लिएर पाठकको अदालतमा उपस्थित हुने भएकी छन्।

उनको ‘अन्तिम अभिलाषा’ आत्मकथाको यही चैत ११ गते सोमबारका दिन पोखरामा लोकार्पण हुने भएको छ।

मकालु पब्लिकेशन हाउस आयोजक, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की सहआयोजक रहेर लोकार्पण गर्न लागिएको कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न डागर स्मृति प्रतिष्ठानको शनिवार बसेको बैठकले सबैसँग अपील गरेको छ।

प्रतिष्ठानका कावा अध्यक्ष बिन्दु श्रेष्ठकोअध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानका संस्थापक रमा पराशरको अन्तिम अभिलाषा लोकार्पण समारोहलाई सफल पार्न प्रतिष्ठानका पदाधिकारी, आजीवन सदस्य, सम्मानित स्रष्टा, शुभेच्छुक, शुभचिन्तक सबैलाई सहयोगका लागि आग्रह गरेको छ।

बैठकले, प्रतिष्ठानका संरक्षक रमा पराशर अन्तराष्ट्रिय नारी दिवसमा रेडियो जननीबाट साहित्य विधामा सम्मानित भएकोमा बधाईसमेत ज्ञापन गरेको छ। साथै, पुस्तक लोकार्पण कार्यक्रम सफल पार्नका लागि प्रतिष्ठानका सदस्य फडिन्द्र अकिञ्चनको संयोजकत्वमा मिडिया संयोजक समितिसमेत गठन गरेको छ।

संस्थाका संरक्षक रमा पराशरले आजसम्म यहाँहरूले जसरी स्नेह र माया गर्नु भएको छ, मेरो पुस्तकलाई पनि माया गरेर कमीकमजोरी सुधार्ने मौका दिन अनुरोध गरिन्।

बैठकमा प्रतिष्ठानका उपाध्यक्ष बिन्दु श्रेष्ठ, सदस्य दीपेन्द्र श्रेष्ठ, आभा जोशी, मीना लाभाजु, फडिन्द्र अकिञ्चनलगायतले आफ्नो धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width