पोखरा, २ चैत । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी शनिवार फेवातालमा मृत भेटिएका छन् ।
बेनी नगरपालिका –८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो साथीलाई पठाएको म्यासेज अनुसार शिशिर आफै हामफालेको तथ्य भेटिएको बताए ।
‘साथीलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको तथ्य फेला परेको छ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले भने – ‘बाहिरी कपडा सबै खोलेर उनी तालमा पसेको देखिन्छ । उनको मोटरसाइकल माथि नै थियो, हेलमेट तल थियो ।’
डिप्रेशनको औषधि समेत प्रयोग गर्ने गरेको थाहा भएको प्रहरीले जनाएको छ । शनिबार विहान ९.४५ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको थियो । उनी तालको पश्चिमी भाग खपौदी क्षेत्रमा तालमा मृत भेटिएका हुन् ।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । गत फागुन १९ गते मात्रै कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीले यसैगरी फेवातालमा ज्यान फालेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
hero news full width
मुख्य समाचार
बढ्दै छन् कुष्ठरोग प्रभावित
फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०संसदमाथि सरकार हावी भयो : देवकोटा
मंसिर १६, २०८०केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०