लायन्समा आचार्यको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७५
Lions 2nd VDG Election campain Office Opening photo

पोखरा, २ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आसन्न सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनले चुनावी प्रचारप्रसारका लागि सचिवालय समेत स्थापना गरेको बताइएको छ, शुक्रबार एक कार्यक्रमका बीच न्युरोडस्थित नोभेल एकेडेमी परिसरमा सचिवालय स्थापना गरिएको जानकारी दिइएको छ ।

उम्मेदवार आचार्यसहित लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै आचार्यले अग्रज तथा समकालीन लायन्स लिडरहरुसँगको परामर्शबाट लायन वर्ष २०१९÷२० का लागि सेकेण्ड भाइस गभर्नरको उम्मेदवारी प्रस्तुत गरेको बताए ।

लायन्सको क्याबिनेट सेक्रेटरी लगायत प्रत्येक वर्ष विभिन्न पदीय जिम्मेवारी बहन गरेका आचार्य बिगत २० बर्ष देखि सामाजिक कार्यमा सक्रिय छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width