पोखरा, २ चैत । गण्डकी विकास बैंकले एकै दिन तीनवटा शाखा संचालनमा ल्याएको छ । ललितपुरको इमाडोल, काठमाण्डौको कलंकी र भक्तपुरको शुकुलढोका गरी तीन वटा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
उक्त शाखाहरुको शनिवार प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीले छुट्टाछुट्टै उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै उनीहरुले गण्डकी विकास बैकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए । उक्त समारोह मध्य ईमाडोलको कार्यक्रममा बैकका अध्यक्ष सुशील गौचन र सञ्चालक किशोर ओझाको क्रमशः अध्यक्षता एंव उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।
कलंकी शाखाको कार्यक्रम सञ्चालक पद्म प्रसाद पौडेल र सुकुलढोका शाखाको कार्यक्रम सञ्चालक नारायण वहादुर वानियाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरी सुकुलढोका शाखामा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, ईमाडोल शाखामा नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर वज्राचार्य र कलंकी शाखामा सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले बैंक परिचय र गतिविधिहरुको वारेमा जानकारी गराएका थिए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय संचालनमा रहेको जनाएको छ । सेवाग्राहीको लागि विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाका साथै एबीबीएस, एटिएम, आईपिएस, मोवाइल, सीएएसवीए बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्दै आएको उक्त अवसरमा जानकारी गराइएको थियो ।
बैकले ३६५ दिन नै बैकिङ्ग सेवा, सन्ध्याकालीन सेवा, न्यून आय भएकालाई विपन्न वर्ग कर्जा, समूहमा लगुवित्त कर्जा प्रदान गर्दै आएको बताइएको छ ।
बैंकले आ.व. २०७५÷७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा तर्फ २३ अर्ब ३८ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको दावि गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
महोत्सवलाई महिला उद्यमीले सघाउने
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०