बालिकालाई आत्मरक्षा तालिम

रासस
चैत्र २, २०७५
Nepal-Rastriya-Chandraganga-Secondary-School

सुर्खेत, २ चैत । बालिकामाथि हुने हिंसाबाट बच्न सुर्खेतका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ ।

बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो ।

यस्तो प्रशिक्षण लिएका बालिकाले आफ्ना साथीलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत प्रशिक्षण दिने गरेका छन् । सुर्खेतका १२ विद्यालयका ३६० बालिकाले आत्मरक्षासम्बन्धी तालिम प्राप्त गरिसकेका छन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाले एक्लो अवस्था वा बाटोमा हिँड्दा आफूहरुमाथि हुने हिंसा रोक्न तालिमले सहयोग पुग्ने बताए ।

उनले भने “महिला हिंसाबारे चेतना जगाउने र कोही आइलागेको खण्डमा प्रतिकार गर्न सक्नेको क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट हिंसामा संलग्नबाट आफू कसरी उम्किन सकिन्छ ? र आफ्नो अङ्गको सुरक्षाका लागि के गर्न सकिन्छ ? भन्नेबारे ज्ञान दिने गरिएको छ ।”

ग्लोबल एक्सनका सामाजिक परिचालक मीना विश्वकर्माले आत्मरक्षामा बालिकामाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको बताए । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परेमा न्यायका लागि लड्ने विषयमा समेत परामर्श दिइएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width