धरान, २ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुब्र्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् ।
दुब्र्ययसनकै कारण समाजमा जघन्य अपराध बढ्नुले रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि वढाउनु पर्नेमा खनालले जोड दिए । धरान–६, पानबारीमा आसरा सुधार केन्द्रको नवनिर्मित शाखाको उद्घाटन गर्दै आईजीपी खनालले अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रणका लागि ठोस कार्य हुनुपर्ने औंल्याएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमूनाको रुपमा सुधार केन्द्र स्थापना भएको छ’, खनालले भने, प्रहरी र स्थानीय समुदाय मिलेमा अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रण र उपलब्धी हाँसिल गर्न सकिन्छ ।
किशोरकिशोरीलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्दै उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउनु पर्ने खनालले बताए ।टोलटोलमा रोजगारी तथा उनीहरुका रुचि अनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै खनालले भने, ‘त्यस्ता कार्यक्रमको सञ्चालन समेत युवालाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भइ कुलतबाट जोगिन सक्छन् ।
स्थानीय जनसहभागितामा कूल २ करोड ३७ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो । ३ तले भवनमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हल लगायत सुविधा छन् ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०