प्रहरी र समुदाय मिलेर अपराध न्यूनिकरण सम्भव– महानिरीक्षक खनाल

Avatar एजेन्सी
चैत्र २, २०७५
istock-486823194

धरान, २ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुब्र्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् ।
दुब्र्ययसनकै कारण समाजमा जघन्य अपराध बढ्नुले रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि वढाउनु पर्नेमा खनालले जोड दिए । धरान–६, पानबारीमा आसरा सुधार केन्द्रको नवनिर्मित शाखाको उद्घाटन गर्दै आईजीपी खनालले अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रणका लागि ठोस कार्य हुनुपर्ने औंल्याएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमूनाको रुपमा सुधार केन्द्र स्थापना भएको छ’, खनालले भने, प्रहरी र स्थानीय समुदाय मिलेमा अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रण र उपलब्धी  हाँसिल गर्न सकिन्छ ।

किशोरकिशोरीलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्दै उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउनु पर्ने खनालले बताए ।टोलटोलमा रोजगारी तथा उनीहरुका रुचि अनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै खनालले भने, ‘त्यस्ता कार्यक्रमको सञ्चालन समेत युवालाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भइ कुलतबाट जोगिन सक्छन् ।

स्थानीय जनसहभागितामा कूल २ करोड ३७ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो । ३ तले भवनमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हल लगायत सुविधा छन् ।

Related News

सम्बन्धित समाचार

    • संसद् बैठकमा सभामुखको लिखित मन्तव्य

      rss रासस फागुन २३, २०७७
      काठमाडौँ, २३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत…
    • यसरी शुरु हुँदै छ संसद

      rss रासस फागुन २२, २०७७
      काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।…
    • नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      नेपालगंज, २२ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान बाँकेको नेपालगंजबाट सुरु भएको…
    • फेदीखोलामा मजदुरलाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको…
    • कावासोती र सहरी विकासबीच सम्झौता

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      नवलपुर । कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि सम्झौता भएको…

    hero news full width

    sanil ads

    wordlink ads