बुटवल, २ चैत । नेपाली काँग्रेसका नेता तथा काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारद्वारा तत्कालै विप्लवमाथि राजनीतिक प्रतिबन्ध लगाउन आवश्यक नभएको बताएका छन् ।
प्रेस युनियन रुपन्देहीद्धारा शनिबार आयोजित पत्रकार भेटघाटमा उनले भने– विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा सरकार लाग्नु पथ्यो ।
वार्ता र संवादको ढोकावाट नआए मात्र प्रतिबन्ध लगाउनु पर्ने थियो तर एकै चोटी प्रतिवन्ध लगाउनु गलत हो, उनले भने —अझैपनि विप्लवसँग वार्ता र सहमतिबाटै समाधान खोज्नु पर्छ , मूलुकले फेरीपनि अर्को द्वन्द्व थेग्न सक्दैन ।
सीके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता छ, राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै सक्दैन, उनले भने– संविधानमा नभएका कुरामा पनि सरकारले प्रतिवद्धता गरेको जस्तो सम्झौतका बुँदामा रहेको छ ।
साथै उनले सरकार र सिके राउतबीचको सहमतिमा साझा धारणा सार्बजनिक गर्न माग गरे । सीके रावत समुह राजनीतिको मुल धारमा आउनु राम्रो कुरा भएपनि सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु उब्जाएको छ, उनले भने ।
गौतमबुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल र अन्य पूर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै प्रदेश नं ५ को् स्थायी राजधानी बनाउनु पर्ने जोड उनले दिए ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०