केपी नेतृत्व सरकारले कुनै काम गरेन

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २, २०७५

पाल्पा २ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले १३ महिने अवधिमा एउटा पनि राष्ट्रका लागि  महत्वपूर्ण काम नगरेको बताएका छन् ।

उनी गफ मात्रै गर्छन तर विकास र समृद्धि तर्फ  ध्यान छैन देउवाले भने–देश र जनताप्रति उनी संवेदनशील छैनन । प्रेस यूनियन पाल्पाद्वारा पत्रकार अन्तरक्रिया कार्यक्रमा काँग्रेस सभापति देउवाले भने —सीके राउतसंग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताए ।

राउतसंग सरकारले गरेको सम्झौता विपरित सीके राउतका कार्यकर्ताले तराईमा आफ्ना गतिविधि देखाइरहेकाले सम्झौताले उनीहरुका गतल कार्यलाई बल पुगिरहेको छ, देउवाले भने–सम्झौता कार्यान्वयन गर्न सरकार लाग्नु पर्छ ।

सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध समाधानको वाटो नभई उसलाई वार्ता र छलफलवाट नै राजनीतिक मूल धारमा ल्याउनु जरुरी छ, देउवाले भने – प्रतिबन्द समाधान नभएर वर्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नु पर्छ । सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले पनि बन्द, हिंसात्मक गतिविधि छोड्नु पर्छ, उनले भने ।

हिन्दु राष्ट्रका बारेमा उठेको बहसका बारेमा संविधानमा उल्लेखित बिषय नै नेपाली कांग्रेसको आधिकारी धारण रहेकाले अहिले कसैले हिन्दु राष्ट्रको मुद्दा उठाउदैमा कांग्रेस त्यसको पछाडी नलाग्ने बताए ।

Comments on केपी नेतृत्व सरकारले कुनै काम गरेन

हाम्रो सुझाव

देश फासीवादतर्फ गयो – गजुरेल

पूर्व प्रधानमन्त्री कोइरालाको नवौं स्मृति दिवस

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड