काठमाण्डौ, २ चैत । दुई पार्टीको एकता केन्द्रीय तहमा टुङ्गो लागेपनि जिल्ला तहमा भने अस्तव्यस्त नै छ,जिल्ला र गाउँतहसम्म एकता प्रक्रिया टुङ्गोमा पु¥याउने गृहकार्यमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा र प्रचण्ड यतिवेला गृहकार्यमा जुटेका छन् ।
पछिल्लो केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको विषयमा गृहकार्य गरिरहेको जानकारी नेकपाका महासचिव विष्णु पौडेलका दिएका छन् । पार्टीको केन्द्रीय तहमा एकता भएपनि जिल्ला कमिटी, जनवर्गीय संगठन र प्रदेशमा रहेको असन्तुष्टि मिल्न सकेको छैन भने पोलिटब्युरो गठनको व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।
बरिष्ठता र सक्षमलाई नेतृत्वमा ल्याउने तयारी भएको छ, पौडेलले भने, ‘दुई अध्यक्षले प्रस्ताव सचिवालयमा ल्याएपछि छलफल हुन्छ।’ एकताकै बिषयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग समेत छलफल अगाडि वढेको छ, उनले भने ।
एकता प्रक्रियाको विषयमा असन्तुष्ट वन्दै आएका नेपाललाई पनि छलफलमा सहभागी बनाउने तयारी भएको छ । एकताका लागि विभिन्न जिल्ला कमिटीमा नेतृत्वका लागि सिफारिस गरिएका नाममा आफ्नो पक्षका बरिष्ठ नेताहरूलाई पछाडि पारिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। यसअघि एकता प्रक्रिया टुंग्याउन गठन भएको कार्यदल काम गर्न नसकेपछि सचिवालयले भंग गरेको थियो।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
hero news full width
मुख्य समाचार
बढ्दै छन् कुष्ठरोग प्रभावित
फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०संसदमाथि सरकार हावी भयो : देवकोटा
मंसिर १६, २०८०केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०