साफ महिला फुटबलबाट माल्दिभ्स बाहिरियो

narayan shahi नारायण शाही
चैत्र १, २०७५

पोखरा, १ चैत । पाँचौ साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरिएको छ ।

विराटनगरमा भइरहेको खेलमा लगातार दुई खेल हार्दै माल्दिभ्स च्याम्पियनसिपबाट बाहिरिएको हो । शुक्रवार भएको समूह बी को खेलमा श्रीलंकाले २–० जित निकालेपछि माल्दिभ्स च्याम्पियनसिपबाट बाहिरियो । यसअघि भारतसँग पहिलो खेलमा ६–० ले पराजित भएको माल्दिभ्स भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

शुक्रबारको खेलसँगै साफ महिला च्याम्पियिनसिपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । यस समूहबाट भारत र श्रीलंका सेमिफाइनल पुगेका छन् । यस्तै समूह ए बाट नेपाल र बंगलादेशले अन्तिम चारमा स्थान बनाउन सफल रह्यो ।

शुक्रवार शहिद रंगशामा भएको खेलमा श्रीलंकालाई जित दिलाउन चालानी कुमारी इकानायाकेले दुवै गोल गरिन् । उनले ४० औँ र ५० औँ मिनेटमा गोल गरेकी थिइन् ।

अब भारत र श्रीलंकाबीच आइतवार समूह चरणको अन्तिम खेल हुनेछ । त्यसबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र माल्दिभ्सले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । दुवै टिमले भुटानलाई पराजित गरेको थियो ।

नेपाल र बंगलादेशबीच शनिवार समूह ए को अन्तिम खेल हुँदैछ । उक्त खेलले समूह विजेताको निर्णय हुनेछ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड

खेलकूद सामाग्री हस्तान्तरण

भलिवलमा भकुण्डे युथ क्लब प्रथम

प्रमुख समाचार

डाँकालाई गोली हानी प्रहरीले लियो नियन्त्रणमा