न्यायालय नै पीडित

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
adalat

बाग्लुङ, १ चैत । अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न नसक्दा पीडित भएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको उच्च अदालत पोखरा बागलुङ इजालसको हालसम्म कतैबाट पुनःनिर्माणको पहल नगर्दा जनताको समस्या समाधान गर्ने अदालत आफै समस्यामा परेको छ ।

भूकम्पमा भवन चर्केपछि प्राविधिकले कामकाज गर्न नहुने भन्दै (रातो स्टिकर) टाँसेको भवनबाट सेवा दिनुपरेको अदालतको गुनासो रहेको छ । अदालतको भवन जोखिमयुक्त भए पनि पुनःनिर्माणका लागि कतैबाट पहल नहुँदा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको उच्च अदालत पोखरा बागलुङ इजालसका रजिष्ट्रार धु्रवकुमार ढकालले बताए ।

‘अरुलाई न्याय दिने निकायनै अन्यायमा परेजस्तो भएको छ,’ ढकालले भने “भूकम्प गएको तीन वर्षसम्म पुनःनिर्माणमा कसैले चासो नदिनु दुःखद् विषय हो ।” पुनःनिर्माणका लागि पटक÷पटक पहल गर्दासमेत चासो नदिएको अदालतको गुनासो छ । उच्च अदालत पोखरा बागलुङ इजालसले साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, मुस्ताङ, म्याग्दीका मुद्दा हेर्दै आएको छ ।

भवन निर्माणको लागि सर्वोच्चमा कुरा राखेको र सर्वोच्चले भवनको पुनःनिर्माण गर्नुपर्ने बताए पनि हालसम्म पुनःनिर्माणका लागि कतैबाट बजेट नआउँदा अदालत परिसरमा टहरा बनाएर इजालसको काम गर्ने गरेको अदालतका मुख्य भई काम गर्ने न्यायधीश हरिप्रसाद पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width